भारतमा कोरोना भाइरस संक्रमितको संख्या बुधबारसम्म एक करोड सात लाख ११ हजारभन्दा बढी पुगेको छ । पछिल्लो २४ घन्टामा भारतमा ११ हजार ६ सय ६६ नयाँ संक्रमित फेला परेपछि कुल संक्रमितको संख्या एक करोड सात लाख ११ हजार एक सय ९३ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा भारतमा कोरोना संक्रमणको कारण एक सय २३ जनाको मृत्यु भएपछि मृत्यु हुनेको कुल संख्या एक लाख ५३ हजार आठ सय ४७ जना पुगेको छ ।
मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड तीन लाख ७३ हजारभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएका छन् । हाल भारतमा एक लाख ७३ हजार सात सय ४० जना सक्रिय संक्रमित छन् ।
भारतको राजधानी दिल्लीमा बुधबार थप ९६ जनामा कोरोना भाइरसका संक्रमण देखिएको र नौजनाको मृत्यु भएको छ । भारतमा कोभिड– १९ सुरु भएयता भाइरस संक्रमणको कारण दिल्लीमा १० हजार आठ सय २९ जनाको मृत्यु भइसकेको छ ।