अनेरास्ववियु विश्वविद्यालय समितिले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेको भन्दै मसाल जुलुस निकालेको छ ।
प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने, पार्टी एकता कायम गर्नुपर्ने उनीहरुको माग छ । उनीहरूले प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने प्रधानमन्त्री केपी ओली र अनुमोदन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्धमा चर्को नाराबाजी गरेका थिए ।
मसाल जुलुसको अगुवाइ अनेरास्ववियुका केन्द्रीय नेता सञ्जय कालधन, बालकुमार केसी, माधव थपलियालगायतले गरेका थिए ।
फोटोफिचर


