मुस्ताङको घरपझोङमा ग्लोबल आइएमई बैंकको शाखा

मंगलबार, ९ मंसिर, २०७७
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंक लिमिटेडले मुस्ताङको घरपझोङ गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । मुस्ताङमा नयाँ शाखा खुलेसँगै बैंकको सेवा ७३ जिल्लामा पुगेको छ । 

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ । बैंकले तनहुँको दुलेगौँडामा पनि यसै हप्ता नयाँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

दुई नयाँ शाखासँगै बैंकका २ सय ६४ शाखा, २ सय ३८ एटिएम, ४५ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, २ सय ३१ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि–सम्पर्क कार्यालयमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको जनाइएको छ ।

सुझावित समाचार