बझाङको जयपृथ्वी नगरपालिकामा ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले नगरपालिकाको वडा नं. १० मा शाखा खोलेको हो ।
नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयको संख्या २ सय ६२ पुगेको जनाइएको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको दाबी गरेको छ ।
बैंकले देशका ७२ जिल्लामा २ सय ६२ शाखा, २ सय ३८ एटिएम, ४५ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, २ सय ३१ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि–सम्पर्क कार्यालयमार्फत २१ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको जनाएको छ ।