सांसदले दसैँ भत्ता लिन हुँदैन : भीम रावल

आइतबार, २ कार्तिक, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टीका नेता एवं सांसद भीम रावलले विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गर्दै कुनै पनि जनप्रतिनिधिले दसैँ भत्ता लिन नहुने व्यवस्था हुनुपर्ने बताएका छन् । 

उनले भत्ताबापतको रकम खातामा राखिएको थाहा पाएको उल्लेख गर्दै आफूले पाएको रकम कट्टा गर्न मञ्जुरी जनाएका छन् । सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ । मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ ।’

उनले अगाडि भनेका छन, ‘दसैँ भत्ताको रकम नलिन कुनै कानुन संशोधन गर्न वा नयाँ कानुन बनाउनुपर्दैन ।’

सुझावित समाचार