स–साना २५ विद्यार्थीलाई विषादी दिने शिक्षिकालाई चीनमा मृत्युदण्डको फैसला

मंगलबार, १३ असोज, २०७७
डिजिटल संस्करण

स–साना नर्सरी कक्षामा पढ्ने विद्यार्थीलाई विषादी दिने एक शिक्षिकालाई चीनको एक अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । 

वाङ नामकी ती शिक्षिकाले नर्सरी कक्षामा पढ्ने २५ जना साना विद्यार्थीलाई विषादी दिएकी थिइन् जसमध्ये एकजनाको निधन भएको थियो ।

गत वर्ष यस आरोपमा उनी चीनको जियाओझु सहरमा गिरफ्तार भएकी थिइन् । उनले बिहानको समयमा दिएको विषादीसहितको नास्ता खाएका बच्चाहरूले वान्ता गर्न थालेपछि अस्पताल भर्ना गरिएको थियो । 

अदालतले ती शिक्षिकाले आफ्नो सहकर्मी शिक्षिकासँगको प्रतिशोधका कारण ती शिक्षिकाका विद्यार्थीको बिहानको नास्तामा सोडिएम नाइट्रेड मिसाएको ठहर गरी सजायको ठहर गरेको बिबिसी विश्वसेवाले जनाएको छ । 

गत वर्षको २७ मार्चमा भएको यस घटनाले संसारभर चर्चा पाएको थियो ।

सुझावित समाचार