बझाङमा बालिका हत्या प्रकरण : बलात्कारपछि हत्या गरिएको भन्दै किटानी जाहेरी

शनिबार, १० असोज, २०७७
डिजिटल संस्करण

बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै उनका बाजेले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् । 

बुधबार साँझ गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी बालिका गाउँकै शिव मन्दिरमा मृत फेला परेकी थिइन् । बालिका शरीरको तल्लो भागमा लुगा नभएको र यौनांगमा रगत बगेको अवस्थामा भेटिएकी थिइन् । प्रहरीले बिहीबार स्थानीय राजेन्द्र बोहरालाई पक्राउ गरेको थियो । 

शुक्रबार बालिकाका बाजेले राजेन्द्रविरुद्ध जबर्जस्ती करणी गरी हत्या गरेको अभियोगमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रूपक खड्काले बताए । ‘किटानी जाहेरी दर्ता भइसकेको छ । घटनाको तीव्र रूपमा अनुसन्धान भइरहेको छ । अब अपराधी उम्केर भाग्न सक्दैन,’ डिएसपी खड्काले भने । 

बालिकाको हत्या भएको खबर पाएपछि डिएसपी खड्काको टोली घटनास्थल पुगेको थियो । घटना प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको देखिएको उनले बताए । 

सुझावित समाचार