बिपी प्रतिष्ठानका पूर्वउपकुलपति दासविरुद्ध सात करोड ७१ लाख अकुत सम्पत्ति भएको भन्दै अख्तियारद्वारा मुद्दा दायर

मंगलबार, ३० भदौ, २०७७
डिजिटल संस्करण

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका पूर्वउपकुलपति डा. बलभद्रप्रसाद दासविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मंगलबार मुद्दा दायर गरेको हो । 

उनले सात करोड ७१ लाख ९२ हजार आठ सय ६० रुपैयाँ अवैध सम्पत्ति कमाएको दाबीसहित आयोगले मुद्दा दायर गरेको छ ।  

उनीसँग १५ करोड ३२ लाख तीन सय ५० रहेको र त्यसमा सात करोड ७१ लख ९२ हजार रुपैयाँ सम्पत्तिको स्रोत नखुलेको आयोगले जनाएको छ ।   

आयोगले उनकी श्रीमती पुनम दासलाई प्रतिवादी बनाएको छ ।

सुझावित समाचार