काठमाडौं/ व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधसम्बन्धी अर्काे मुद्दा दायर भएको छ। जिल्ला अदालत, काठमाडौंमा सोमबार जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो।
प्रसाईंलाई १० दिनअघि काठमाडौं प्रहरीले पक्राउ गरेको थियो। रास्वपाकी एक सांसदलाई आफ्नो छोराको लास बेचेर सांसद हुन्छ भन्दै उनले सामाजिक सञ्जालमार्फत अपमान गरेको भन्दै परेको जाहेरीमा उनी पक्राउ परेका हुन्। बयानको क्रममा प्रसाईंले सो कुरा स्वीकार गरेका छन्।
उनीविरुद्ध विद्युतीय कारोबार कसुर ऐन, २०६३ को दफा ५८क र ७६ अनुसार मागदाबी लिइएको छ। जसमा पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ। उनी साइबर अपराधमा उनी पटके भएकाले थप ५० प्रतिशत सजायको मागदाबी लिइएको छ।