सिन्धुपाल्चोक पहिरो : तीनको शव फेला, २५ बेपत्ता, १८ घर पुरिए (अपडेट)

आइतबार, २८ भदौ, २०७७
डिजिटल संस्करण

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ घुम्थाङको नागपुजेमा गएराति खसेको पहिरोले कम्तीमा आठ घर र भिरखर्कमा कम्तीमा १० घर पुरिएका छन् । पहिरोमा परेर तीनजनाको मृत्यु भएको छ । २५ जना बेपत्ता भएका छन् भने कम्तीमा १८ घर पुरिएका छन् ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले दिएको जानकारीअनुसार नागपुजेमा पहिरोमा परेर बेपत्ता भएका तीनजनाको शव फेला परेको छ । यहाँ १४ जना बेपत्ता भएका छन् । यसैगरी भिरखर्कमा ११ जना बेपत्ता भएका छन् भने दुईजना घाइतेको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले उद्धारकार्यलाई जारी राखेको प्रजिअ ढकालले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी नै छ ।

सुझावित समाचार