एनएमबि बैंकका ग्राहकले सहजै विदेश रकम पठाउन सक्ने

बिहिबार, १२ कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ एनएमबि बैंक लिमिटेडका ग्राहकलाई अब विदेशमा रकम पठाउन सहज हुने भएको छ । बैंकले आफ्ना अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न भिजा कम्पनीसँग ‘भिजा डाइरेक्ट टु एकाउन्ट’ सेवाका लागि सम्झौता गरेको हो ।

सम्झौतापश्चात् एनएमबि बैंकका ग्राहकलाई विदेशमा रकम पठाउने नयाँ र सहज विकल्प प्राप्त हुने बताइएको छ । यो प्रविधि प्रयोग गरी ग्राहकले झन्झटबिना अझ भरपर्दो र सुरक्षित रूपमा रकम स्थानान्तरण गर्न सक्नेछन् ।

भिजाको यो प्रविधि विश्वका १९५ भन्दा बढी देश तथा क्षेत्रमा सफलतापूर्वक सञ्चालनमा आइसकेको छ ।

सुझावित समाचार