नेपाल बैंकको सर्वसुलभ कर्जा योजना

बिहिबार, १२ कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ नेपाल बैंकले स्थापनाको ९०औँ वार्षिकोत्सवका अवसरमा ९० दिनका लागि न्यून ब्याजदर तथा सेवा शुल्कसहित सर्वसुलभ आवास कर्जा योजना ल्याएको छ ।

यसअन्तर्गत ग्राहकले घर खरिद, निर्माण तथा मर्मत र अपार्टमेन्टसमेत खरिद गर्न सक्नेछन् । बैंकका अनुसार, आधार दरमा ०.५ प्रतिशत प्रिमियम ब्याजदरबाट सुरु हुने यो कर्जाको अवधि अधिकतम २५ वर्षसम्म हुनेछ, जसमा ०.२५ प्रतिशत मात्र सेवा शुल्क लाग्नेछ ।

त्यसैगरी कर्जा लिने ग्राहकले बैंकबाट पाँच लाखसम्मको लाइफटाइम निःशुल्क क्रेडिट कार्ड सुविधा र  लकर सुविधाको वार्षिक शुल्कमा ५० प्रतिशत छुटसमेत पाउनेछन् । यो योजनाको अवधि १५ कात्तिकदेखि १५ माघ अर्थात् ९० दिनसम्मका लागि रहने बैंकले जनाएको छ ।

सुझावित समाचार