सुनचाँदीको मूल्य घट्यो

बिहिबार, २९ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँ र चाँदीको मूल्य २२० रुपैयाँले घटेको हो।

महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार चार रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला चार हजार ३५ रुपैयाँ निर्धारण गरिएको छ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला दुई लाख ८९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार २५५ रुपैयाँ रहेको थियो।

बुधबारको तुलनामा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको महासंघले जनाएको छ।

 

सुझावित समाचार