नारायणी नदीकिनारमा शंकास्पद वस्तु फेला

बुधबार, २८ असोज, २०८३
डिजिटल संस्करण

नवलपुर । नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिका– ३, नारायणी हाइट नारायणी नदीकिनारमा शंकास्पद वस्तु फेला परेको छ । आज दिउँसो साढे १२ बजेतिर नारायणीको किनारमा शंकास्पद वस्तु फेला परेको नवलपुर प्रहरीले जनाएको छ । 

अहिले घटनास्थलमा श्री वन तथा पर्यावरण सुरक्षा गण हात्तीखोर ब्यारेकको सेना र प्रहरीको टोली पुगेको छ । यसअघि नारायणी नदीकिनारमा भेटिएको दुई  शंकास्पद वस्तु स्थानीय घर ल्याई फोरेर हेर्दा विस्फोट भई तीनजना घाइते भएका थिए । 

यो शंकास्पद वस्तु केही नदीअघि बुढीगण्डकीमा आएको बाढीले बगाएर ल्याएको प्रहरीले आशंका गरेको छ ।
 

सुझावित समाचार