उदयपुरमा पूजाकोठामा बत्ती बाल्ने क्रममा करेन्ट लागेर वृद्धको मृत्यु

बुधबार, २८ असोज, २०८३
डिजिटल संस्करण

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– ११, ज्योतिनगरमा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी राजन चापागाईंका अनुसार आफ्नै घरको पूजाकोठामा साँझको पूजा गर्ने क्रममा होल्डरमा तार जोडेर बत्ती बाल्न खोज्दा ६५ वर्षीय बद्रीनारायण चौधरीलाई करेन्ट लागेको हो।

करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई उनकी श्रीमतीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्याएकी थिइन्। तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

सुझावित समाचार