५५ किलो गाँजासहित एकजना पक्राउ

बारामा ५५ किलो गाँजासहित एक जना पक्राउ

आइतबार, २५ असोज, २०८३
डिजिटल संस्करण


कलैया । बाराको पचरौता नगरपालिका– ६ बाट ५५ किलो गाँजासहित एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पक्राउ पर्नेमा पचरौता नगरपालिका– ३, रामनगर टोलनिवासी करिब ४५ वर्षीय राजकिशोरप्रसाद यादव रहेका छन्।

प्रहरीका अनुसार असोज २४ गते राति करिब १०:४५ बजे इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी गस्ती टोलीले पचरौता नगरपालिका– ६ मा चेकजाँच गर्ने क्रममा यादवको साथबाट ५५ किलो गाँजा बरामद गरेको हो।

गाँजासहित पक्राउ परेका यादवलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेद्वारा असोज २५ गते जारी प्रेस विज्ञप्तिमा उक्त जानकारी दिइएको हो।

सुझावित समाचार