प्रतिमा गौतम कांग्रेस सहमहामन्त्री निर्वाचित

मंगलबार, २७ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्री पदमा प्रतिमा गौतम निर्वाचित भएकी छिन्।

महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले पाँच हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन्। उनकी निकटतम प्रतिस्पर्धी नानू बाँस्तोलाले एक हजार ५५४ मत प्राप्त गरिन्।

महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको मतगणना जारी छ।

सुझावित समाचार