एमाले बैठकमा नयाँ अभ्यास, शंकर पोखरेललाई आठौँ वरीयताअनुसार राखियो

बिहिबार, २२ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । बिहीबार बसेको एमालेको स्थायी समिति बैठकमा नयाँ अभ्यास गरिएको छ । जसमा मर्यादाक्रमहरूअनुसार नेताहरू राखिएको छ भने शक्तिशाली मानिएको महासचिव पदको ‘अपहेलना’ भएको चर्चा पार्टीमा छ । 

यसअघि बैठकमा अध्यक्ष केपी ओलीले महासचिवलाई आफूसँगै राख्दथे । यसपटक मर्यादाक्रम भन्दै महासचिव शंकर पोखरेललाई आठौँ वरीयतामा राखिएको छ । बैठकमा दायाँतर्फ दोस्रो मर्यादाकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीपछि बायाँतर्फ तेस्रो मर्यादाका रामबहादुर थापा बादल र चौथो मर्यादाका विष्णु पौडेललाई राखियो । त्यस्तै, बायाँतर्फ बादलपछि उपाध्यक्षद्वय पृथ्वीसुब्बा गुरुङ र रघुजी पन्तपछि लेखराज भट्टसहित क्रमशः नेताहरू बसेका थिए । आठौँ मर्यादामा रहेका महासचिव पोखरेललाई दायाँतर्फ क्रमशः भण्डारी, पौडेल र अर्का उपाध्यक्ष गोकर्ण विष्टपछि राखिएको थियो । स्थायी समितिमा मनोनीतमध्ये पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पदाधिकारीहरूभन्दा पछाडिपट्टिको रोमा बसेका थिए । १९ पदाधिकारीपछिको २०औँ नम्बरको आसनमा ईश्वरलाई राखिएको थियो ।  

सुझावित समाचार