राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा उम्मेदवार छनोटको रूपरेखा सार्वजनिक, अन्य दलबाट आएकाको हकमा कम्तीमा ९० दिन पूरा गरेको हुनुपर्ने

बुधबार, २८ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा सार्वजनिक गरेको छ। उम्मेदवार हुने प्रक्रियाबारे रूपरेखामा विस्तृत खुलाइएको छ। 

जसमा अन्य पार्टी छाडेकाको हकमा उम्मेदवार छनोटकै निर्वाचनमा भाग लिन सदस्यता लिएको ९० दिन अवधि पुगेको हुनुपर्ने उल्लेख छ। त्यस्तै, शैक्षिक योग्यताको प्रमाणीकरणदेखि फौजदारी मुद्दा भएको अवस्थामा जानकारी गराउनुपर्ने प्रावधान छन्। उम्मेदवार बन्न पार्टीको लिडरसिप एकेडेमीको परीक्षा अनिवार्य गरिएको छ। 

यस्तो छ रूपरेखाः 

सुझावित समाचार