काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ। अपराह्न साढे ५ बजेसम्म पाँच हजार ६३३ मत खसेको कांग्रेस निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका अनुसार बागमती प्रदेशमा सबैभन्दा बढी मत खसेको छ। यहाँ एक हजार २२५ मत खस्दा सुदूरपश्चिम र कर्णालीबाट समान ९८२, कोशीबाट ९४३, मधेशबाट ९००, लुम्बिनीबाट ८६० र गण्डकीबाट ७२३ मत खसेको छ।
मतदानको समय साँझ ७ बजेसम्मलाई तोकिएको छ। शुक्रबार दिउँसो ३ बजेसम्मलाई तोकिएको मतदानको समय बेलुकी ५ बजे र पुनः दुई घण्टा थप गरेर ७ बजेसम्म कायम गरिएको हो।