काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा दलित सहमहामन्त्रीतर्फ प्रकाश स्नेहीले लोकप्रिय मत प्राप्त गरेका छन्। चार हजार मतगणना हुँदा स्नेहीले दुई हजार ७७७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी मानबहादुर नेपालीले जम्मा ६५२ मत ल्याएका छन्।
दलित सहमहामन्त्रीतर्फ तीनजना उम्मेदवार रहेकोमा नरेन्द्र पासवानले ४४० मत ल्याएका छन्।