काठमाडौं/ एमाले उपमहासचिव योगेश भट्टराईले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र सामाजिक लफंगाहरूको बोलवाला रहेको भन्दै कटाक्ष गरेका छन्।
रास्वपाको नाम उल्लेख नगरी भट्टराईले सामाजिक संजालमार्फत ‘पपुलिजम’ र नकारात्मकतावादबाट उदय भएको शक्तिले वैचारिक राजनीतिको खुट्टा नटेक्दा आफैँभित्र सामाजिक लफंगाहरूको बोलवाला हुने टिप्पणी गरेका हुन्।
यसले राजनीतिक अपराधीकरण बढ्ने र सभ्यता तथा संस्कृतिलाई नै ध्वस्त बनाउन सक्नेप्रति सचेत बन्न भट्टराईले सबैलाई अपिल गरेका छन्।
‘पपुलिजम र नकारात्मकतावादबाट उदय भएको शक्तिले वैचारिक राजनीतिको खुट्टा नटेक्दा आफैँभित्र सामाजिक लफंगाहरूको बोलवाला कायम हुन्छ। र, अन्ततः राजनीतिक अपराधीकरणमार्फत सामाजिक आतंक मच्चाइनेछ अनि सभ्यता र संस्कृतिलाई ध्वस्त गरिनेछ। सचेत बनौँ,’ भट्टराईले फेसबुकमा लेखेका छन्।