ग्लोबल आइएमई बैंक दुई विधामा सम्मानित

मंगलबार, २७ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ डिजिटल वित्तीय भुक्तानी प्रणाली प्रवर्द्धन तथा विकासमा पुर्याएको उत्कृष्ट योगदानबापत ग्लोबल आइएमई बैंक लिमिटेड दुई विधामा सम्मानित भएको छ । बैंक ‘फोनपे अनर्स २०८३’ अन्तर्गत ‘हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्युआर भोलुम (इस्युअर)’ विधामा अवार्ड प्राप्त गरेको हो ।

बैंकले ‘ग्लोबल स्मार्ट प्लस’ मोबाइल एपमार्फत अन्तरबैंक रकम स्थानान्तरण (आइबिएफटी) र फोनपे क्युआर कारोबारमा ग्राहकलाई सहज भुक्तानी सेवा उपलब्ध गराउँदै सबैभन्दा बढी कारोबार गर्न सफल भएकाले बैंकलाई यी दुई विधामा पुरस्कृत गरिएको जनाइएको छ ।

ग्राहकलाई सुरक्षित, भरपर्दो र प्रभावकारी डिजिटल वित्तीय सेवा उपलब्ध गराउँदै डिजिटल भुक्तानी प्रणालीलाई व्यापक बनाउन बैंकले खेलेको भूमिकाको कदरस्वरूप यो सम्मान प्रदान गरिएको बैंकले उल्लेख गरेको छ । डिजिटल बैंकिङ प्रणालीप्रति ग्राहकको बढ्दो आकर्षण र बैंकको ग्राहककेन्द्रित नवप्रवर्तनकारी सेवाकै कारण यो उपलब्धि सम्भव भएको बताइएको छ । 

सुझावित समाचार