कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्र भण्डारी अगाडि

आइतबार, २५ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा महामन्त्री (खुला)तर्फ प्रदीप पौडेल र उपसभापति (खुला)तर्फ डा. चन्द्रकान्त भण्डारीले अग्रता लिएका छन्।

कुल सात हजार ४३ मत खसेकोमा दुई हजार २३१ मत गणना हुँदा सार्वजनिक परिणामअनुसार महामन्त्री (खुला)तर्फ प्रदीप पौडेलले एक हजार ३८१ मत प्राप्त गरेका छन्। उदयशमशेर राणा ७८६ मतसहित दोस्रो स्थानमा छन्। अमरसिंह पुनले ६९५, डा. सुनीलकुमार शर्माले ५२६, गुरुराज घिमिरेले ३२८, नैनसिंह महरले २७०, शंकर तिवारीले ४६ र डा. सन्तोष उपाध्यायले २८ मत प्राप्त गरेका छन्।

महामन्त्री (महिला)तर्फ डा. डिला संग्रौला (पन्त) ले ९६५ मत प्राप्त गरेकी छन्। महालक्ष्मी उपाध्याय (डिना) ले ९५२ मत पाउँदा रिता खनालले २५१ मत प्राप्त गरेकी छिन्। यस पदमा एकजना निर्वाचित हुनेछन्।

उपसभापति (खुला)तर्फ डा. चन्द्रकान्त भण्डारी एक हजार ५७ मतसहित पहिलो स्थानमा छन्। ई. मधु आचार्यले ७१२, सुरेन्द्रराज पाण्डेले ६८०, गोविन्द भट्टराईले ६०९, धनराज गुरुङले ४०६, दीपक गिरीले ३०१ र प्रा. डा. चन्द्रमोहन यादवले १९३ मत प्राप्त गरेका छन्। यस समूहबाट दुईजना निर्वाचित हुनेछन्।

त्यस्तै, उपसभापति (समावेशी)तर्फ विनोदकुमार चौधरीले ६१५ मत प्राप्त गर्दै अग्रता लिएका छन्। जीवन परियारले ५७८, सीता गुरुङले ३३४, फरमुल्लाह मन्सुरले २८५ र रञ्जित कर्णले १८३ मत प्राप्त गरेका छन्। यस समूहबाट एकजना निर्वाचित हुनेछन्।

मतगणना जारी रहेकाले उम्मेदवारहरूको मतपरिणाममा फेरबदल हुन सक्नेछ। अन्तिम परिणामपछि मात्रै पदाधिकारीमा निर्वाचित हुने उम्मेदवारहरूको टुंगो लाग्नेछ।

सुझावित समाचार