काठमाडौं/ नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति निर्वाचनको मतगणनामा उपसभापति (खुला)तर्फ डा. चन्द्रकान्त भण्डारीले अग्रता कायम राखेका छन्।
तीन हजार ४३५ मतगणना सकिँदा भण्डारीले एक हजार ६८६ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी ई. मधु आचार्यले एक हजार ९० मत पाएका छन्। यसैगरी, सुरेन्द्रराज पाण्डेले ९५५, गोविन्द भट्टराईले ९४१, धनराज गुरुङले ७१९, दीपक गिरीले ४९७ र प्राडा चन्द्रमोहन यादवले २९९ पाएको निर्वाचन समितिले जनाएको छ।
समावेशी उपसभापतितर्फ विनोदकुमार चौधरीले ८९६ मतहित अग्रता बनाएका छन्। निकटतम प्रतिस्पर्धी जीवन परियारले ८२९ मत पाउँदा फरमुल्लाह मंसुरले ४६९, रंजित कर्णले २७० र सीता गुरुङले २५१ मत ल्याएका छन्।