काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रा. डा. अमिता प्रधान शाक्य केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएकी छिन्। उपत्यका महिलातर्फ उनी निर्विरोध भएकी हुन् । उनी पिपल्स डेन्टल कलेज एन्ड हस्पिटलकी प्राध्यापक पनि हुन्।
यसअघि वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापतिमा पुष्पा भुसाल निर्विरोध भइसकेका छन्। बाँकी पदका लागि बिहीबार निर्वाचन हुँदै छ।