काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा चन्द्र भण्डारी र मधु आचार्य विजयी भएका छन्। १५औँ महाधिवेशनमा भएको निर्वाचनमा भण्डारी तीन हजार ७४५ तथा आचार्य दुई हजार ३४२ मतसहित विजयी भए।
तेस्रो स्थानमा रहेका गोविन्द भट्टराईले एक हजार ७५२ मत प्राप्त गरेका छन्।
समावेशी उपसभापतिमा विनोद चौधरी विजयी भएका छन्। उनले एक हजार ७४५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी जीवन परियारले एक हजार ६५८ मत प्राप्त गरे।
त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल र उदयशमशेर जबरा विजयी भएको निर्वाचन समितिले जनाएको छ। पौडेलले झन्डै दुईतिहाइ मत पाए। पौडेलले चार हजार १९४ तथा उदयशमशेरले दुई हजार ३३० मत प्राप्त गरे। तेस्रो भएका सुनील शर्माले दुई हजार २५७ मत पाएका छन् ।
त्यस्तै, महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) विजयी भइन्। उनले तीन हजार ३१८ मत प्राप्त गर्दा महालक्ष्मी उपाध्यायले दुई हजार ८६४ मत प्राप्त गरिन् ।
कांग्रेसको वरिष्ठ उपभापतिमा विश्वप्रकाश शर्मा तथा महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेका छन्।
सहमहामन्त्रीलगायत अन्य पदमा मतगणना जारी छ।
कसको कति मत ?
उपसभापति
चन्द्रकान्त भण्डारी (विजयी) - ३,७३५
ई. मधु आचार्य (विजयी) - २,३४२
गोविन्द भट्टराई - १,७५२
सुरेन्द्रराज पाण्डे - १,६७३
दीपक गिरी - ९२३
धनराज गुरुङ - १५९६
प्रा.डा. चन्द्रमोहन यादव - ७६०
समावेशी
विनोदकुमार चौधरी (विजयी - १,७४५
जीवन परियार - १६५८
फरमुल्लाह मंसुर - ११४४
सीता गुरुङ - १११२
रञ्जित कर्ण -५६२
महामन्त्री खुला
प्रदीप पौडेल (विजयी) - ४,१९४
अमरसिंह पुन मगर - १,१२५
उदय शम्शेर राणा (विजयी) - २,३३०
डा. सुनीलकुमार शर्मा - २२५७
गुरुराज घिमिरे - १,५१३
नैनसिंह महर - १,१३४
शंकर तिवारी - १२३
डा. सन्तोष उपाध्याय - ९७
महिला
डा. डिला संग्रौला (पन्त) (विजयी) - ३,११८
महालक्ष्मी उपाध्याय (डिना) - २,८६४
रीता खनाल – ८०४