काठमाडौं/ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी–त्रिशूली बाढीको उद्धार तथा राहतमा सरकारले मन साँघुरो बनाएको भन्दै बुढीगण्डकीमा त्यस्ता कमजाेरी नदोहोर्याउन आग्रह गरेका छन्।
१० भदौको घटनामा सरकारले सर्वदलीय समिति नबनाएकामा असन्तुष्टि जनाउँदै ओलीले भने, ‘कति साँघुरो मन साँघुरोपन देखायो।’ उद्धार र राहतका नाममा सरकारले हेलिकोप्टरको दुरुपयोग गरेको उनको आरोप छ।
राहत र उद्धारका कार्यसमेत समयमा नभएको भन्दै अध्यक्ष ओलीले भने, ‘त्यस प्रकारका कुरा योपटक नदोहोरियोस् भन्ने आग्रह गर्न चाहन्छु। सरकार फराकिलो मन फराकिलो पनका साथ उद्धार कार्यमा अघि बढोस्।’