जेन–जी आन्दोलनमा कारागारबाट फरार भएका दुई प्रतिवादी पक्राउ

शुक्रबार, २३ असोज, २०८३
डिजिटल संस्करण

सुनसरी । जेन–जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका दुईजना प्रतिवादीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीमातहतका प्रहरी इकाइबाट खटिएको टोलीले बिहीबार फरार प्रतिवादीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा धरान उपमहानगरपालिका– २ निवासी ३२ वर्षीय नसेन लोहनी रहेका छन्। ‘नाना’ उपनामले चिनिने उनलाई इनरुवा नगरपालिका– ४ स्थित सहमति चोकबाट पक्राउ गरिएको हो। उनी झुम्का कारागारबाट फरार भएका थिए।

त्यसैगरी, इटहरी उपमहानगरपालिका– ७ स्थित बालग्रामबाट ३० वर्षीय रत्नबहादुर राउत पक्राउ परेका छन्। इटहरीकै बासिन्दा राउत काठमाडौंस्थित जगन्नाथदेवल कारागारबाट फरार भएका थिए।

प्रहरीका अनुसार दुवैजना ०८२ भदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए।

पक्राउ परेका दुवै प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।


 

सुझावित समाचार