आदिवासी जनजाति उत्थान प्रतिष्ठानको वरिष्ठ परामर्शदातामा थिङ मनोनीत

शुक्रबार, २३ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । नेपाल सरकारको आदिवासी जनजाति मामिला हेर्ने आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले निष्णु थिङलाई वरिष्ठ परामर्शदाता मनोनयन गरेको छ।

थिङले नीति, रणनीति, योजना, कार्यक्रम तथा परियोजना निर्माण, परिमार्जन र कार्यान्वयनका विषयमा प्रतिष्ठानलाई व्यावहारिक सल्लाह–सुझाव तथा परामर्श प्रदान गर्नेछन्। उनले प्रतिष्ठानको तर्फबाट दातृ निकाय, विकास साझेदार तथा दूतावास र अन्तर्राष्ट्रिय समुदायसँग समन्वय, सहकार्य तथा सहजीकरणसमेत गर्नेछन्।

उनी सरकारको विशेषज्ञ समूह (थिंक ट्याकं) नीति अनुसन्धान प्रतिष्ठानमा स्थापनाकालदेखि नै विज्ञको रूपमा आबद्ध छन्। आदिवासी जनजातिको क्षेत्रमा विगत दुई दशकदेखि निरन्तर काम गर्दै आएका उनी हाल नेपाल खुला विश्वविद्यालयमा अध्यापन गर्छन्। उनले अंग्रेजी विषयमा दर्शनाचार्य गरेका छन्।

सुझावित समाचार