काठमाडौं । विदेशमा भएकालाई लाइसेन्स दिएको प्रकरणमा नेपाल प्रहरीका तीन अधिकृतविरुद्ध पनि मुद्दा दायर भएको छ। डिएसपी डिल्लीनारायण पाण्डे तथा इन्स्पेक्टरहरू गणेश ज्ञवाली र हुमानन्द खनालविरुद्ध बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
यसमा यातायात कार्यालय रुपन्देहीका तत्कालीन प्रमुख तेजनारायण यादवसहित यादवप्रसाद अर्याल, तुल्सीराम अधिकारी तथा राजीव अर्यालविरुद्ध मुद्दा दायर भएको हो। ०७८ सालको कात्तिकमा विदेशमा रहेका व्यक्तिलाई प्रयोगात्मक परीक्षामा पास गराएर सेटिङ गरेको आरोप उनीहरूमाथि छ।