हाइड्रोको कर्मचारी हुँ भन्दै ठगी गरेको आरोपमा एक पक्राउ

शुक्रबार, २३ असोज, २०८३
डिजिटल संस्करण

सुर्खेत । तिला जलविद्युत् आयोजनाको कर्मचारी हुँ भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कालीकोटले जुम्लाको चन्दननाथ नगरपालिका– १, आचार्यवाडा घर भएका ३५ वर्षीय कर्णवीर महतरालाई ठगी आरोपमा पक्राउ गरेको हो।

उनीमाथि तिला हाइड्रोपावर– १ को कर्मचारी हुँ भन्दै सर्वसाधारणलाई विभिन्न प्रलोभन देखाएर ठगी गरेको आरोप छ। हाइड्रोपावरमा लगानी गर्ने तथा रोजगारी दिलाउनेलगायतका आश्वासन दिएर रकम लिएको बताइएको छ।

प्रारम्भिक विवरणअनुसार पीडितहरूबाट पाँच लाख रुपैयाँ ठगी भएको जनाइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सुझावित समाचार