बर्दिया । गोहीले आक्रमण गर्दा एक महिला बेपत्ता भएकी छिन्। गोहीको आक्रमणबाट मधुवन नगरपालिका– ३, कोठियाघाटकी ४५ वर्षीया पुष्पा लामिछाने बेपत्ता भएकी हुन्।
शुक्रबार बिहान गेरुवा नदीको कोठियाघाट क्षेत्रमा माछा गर्न गएकी लामिछानेलाई गोहीले आक्रमण गरेको थियो। गोहीको आक्रमणबाट बेपत्ता भएकी लामिछानेको खोजी जारी रहेको छ।
घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, डिभिजन वन कार्यालय, बर्दिया राष्ट्रिय निकुञ्जलगायतको टोलीले संयुक्त रूपमा खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए।