काठमाडौं/ नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उद्योगपति विनोद चौधरीले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
चौधरीले काठमाडौंस्थित राष्ट्रिय सभागृहमा केही समयअघि उपसभापति पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। महाधिवेशनमा केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि नेताहरूले उम्मेदवारी दर्ता गराउने क्रम जारी छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन दर्ताको समय दिउँसो १२:३० बजेदेखि बेलुकी ४:०० बजेसम्म तोकिएको छ।