काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार अपराह्न ३ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा विभिन्न मन्त्रालयका एजेन्डामाथि छलफल हुने बताइएको छ। साथै, विभिन्न सरकारी निकायमा नियुक्तिका विषयमा समेत छलफल हुने तयारी छ।
संघीय संसद्को अधिवेशन अन्त्य भएपछि पहिलोपटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।