विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचन उम्मेदवार छनोट समिति

शनिबार, १७ असोज, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न समिति गठन गरेको छ।

पार्टी महामन्त्री विपिन आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति गठन गरिएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

समितिमा मिलन लिम्बू, रहबर अन्सारी, तोसिमा कार्की, कवीन्द्र बुर्लाकोटी, सुशान्त वैद्धिक, टासी ल्हाजोम र जनकसिंह धामी सदस्य रहेका छन्।

प्रवक्ता खरेलका अनुसार सातै प्रदेशलाई समेटेर समिति गठन गरिएको हो। समितिमा सातै प्रदेशका सभापतिहरू पदेन सदस्य रहने व्यवस्था गरिएको छ।

समितिमा केही सदस्य भने अझै मनोनयन गर्न बाँकी रहेको खरेलले बैठकपछि जानकारी दिए।

रास्वपाले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाउने क्रममा समिति गठन गरेको हो। समितिले पार्टीका तर्फबाट स्थानीय तहमा प्रतिस्पर्धा गर्ने उम्मेदवार छनोटसम्बन्धी काम गर्नेछ।

सुझावित समाचार