तीन दिन राप्ती राजमार्ग बन्द हुने

बिहिबार, ८ असोज, २०८३
डिजिटल संस्करण

राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डमा आज बेलुका ५ बजेदेखि सवारी आवागमन बन्द हुने भएको छ । भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै ८ गतेदेखि ११ गतेसम्म प्रत्येक बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म सडक बन्द हुने भएको हो । 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मौसम विज्ञान विभागको सूचनाका आधारमा सडक बन्द गर्न थालिएको जिल्ला प्रशासन कार्यालय दाङले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

कार्यालयले जारी गरेको सूचनाअनुसार राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोटखण्ड र  तुलसीपुर–सुर्खेत सडकखण्डअन्तर्गत तुलसीपुरदेखि सल्यानको कालीमाटीसम्म तीन दिन बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म सडक बन्द गरिने जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

कार्यालयले सम्भावित वर्षाका कारण हुन सक्ने जोखिम न्यूनीकरणका लागि उक्त निर्णय गरिएको जारी सूचनामा भनिएको छ । प्रशासनले सम्बन्धित सबैलाई सूचना पालना गर्न आग्रह गरेको छ ।
 

सुझावित समाचार