उदयपुरका आठवटै पालिकामा कांग्रेसको नयाँ नेतृत्व चयन

बिहिबार, ८ असोज, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत उदयपुरका आठवटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ। चार नगरपालिका र गाउँपालकिामा नयाँ नेतृत्व चयन भएको हो।

त्रियुगा नगरपालिकाको सभापतिमा प्रकाशकुमार खड्का दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। उपसभापतिमा उमेश बुढाथोकी र शर्मिला थापा, सचिवमा उद्धव काफ्ले तथा सहसचिवमा तीर्थकुमार श्रेष्ठ चयन भएको नेपाली कांग्रेस उदयपुरले जानकारी दिएको छ। 

चौदण्डीगढी नगरपालिकाको सभापतिमा पर्वत दाहाल निर्वाचित भएका छन् । उपसभापतिमा उषा राई र राकेशकुमार चौधरी, सचिवमा केदारकुमार केसी तथा सहसचिवमा आरतीकुमारी चौधरी निर्वाचित भएका छन् । 

बेलका नगरपालिकाको सभापतिमा टंक आचार्य निर्वाचित भएका छन् । उपसभापतिमा प्रमिला विश्वकर्मा र राजेन्द्र विष्ट, सचिवमा सुजता राई तथा सहसचिवमा झमक कार्की चयन भएका छन् । क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत अधिवक्ता ब्रह्मदेव चौधरीका अनुसार निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन भएको हो ।

क्षेत्र नम्बर २ अन्तर्गतका चार पालिकामा भने सर्वसम्मत नेतृत्व चयन गरिएको छ । कटारी नगरपालिकाको सभापतिमा पुष्कर खड्का चयन भएका छन् । रौतामाई गाउँपालिका सभापतिमा घमानसिंह थापामगर, उदयपुरगढी गाउँपालिका सभापतिमा चण्डेश्वर श्रेष्ठ, ताप्ली गाउँपालिका सभापतिमा महादेव रास्कोटी र लिम्चुङबुङ गाउँपालिका सभापतिमा हिक्मत राई सभापतिमा चयन भएका छन् ।

सुझावित समाचार