कन्टेन्ट क्रिएटर र ब्रान्डलाई एआईमार्फत जोड्ने प्लाटफर्म ‘इनमार्क’ सञ्चालनमा

बिहिबार, ८ असोज, २०८३
डिजिटल संस्करण

कन्टेन्ट क्रिएटर र व्यावसायिक ब्रान्डलाई जोड्ने एआईमा आधारित नयाँ प्लाटफर्म ‘इनमार्क’ सञ्चालनमा आएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत क्रिएटर इकोनोमी र डिजिटल मार्केटिङलाई व्यवस्थित गर्ने ‘अल–इन–वन अपरेटिङ सिस्टम’का रूपमा यो प्लाटफर्म सार्वजनिक गरिएको हो ।

विश्वव्यापी रूपमा चार खर्ब डलरबराबरको क्रिएटर इकोनोमी नेपाललगायत विश्वभर अझै पनि धेरै हदसम्म म्यानुअल प्रक्रियामै निर्भर छ । कन्टेन्ट क्रिएटरले स्पोन्सरसिप पाउन सामाजिक सञ्जालमा म्यासेज पठाउने, व्यक्तिगत पहुँच खोज्ने र पारिश्रमिकमा मोलमोलाइ गर्नुपर्ने झन्झट व्यहोर्दै आएका छन् । इनमार्कले यी सम्पूर्ण समस्या समाधान गर्दै डेटा र एआई इन्टेलिजेन्सको मद्दतले क्रिएटर र ब्रान्डलाई सिधै जोड्ने काम गर्ने बताइएको छ । 

इनमार्कमा आबद्ध भएपछि कन्टेन्ट क्रिएटरले काम खोज्न समय खेर फाल्नु नपर्ने कम्पनीले जनाएको छ । एआईले क्रिएटरको कन्टेन्ट शैली, पुराना क्याम्पेन र दर्शकको विश्लेषण गरी उपयुक्त ब्रान्डहरूसामु प्रोफाइल सिधै पुर्याउनेछ । साथै स्क्रिप्ट लेखन, कन्टेन्ट अप्टिमाइजेसन, एसइओ तथा स्वचालित रिपोर्टिङमा समेत एआईले सहजीकरण गर्ने बताइएको छ । मूल्य निर्धारण, सम्झौताका सर्त र कन्टेन्टको बौद्धिक स्वामित्व प्लाटफर्ममै सुरक्षित रहने भएकाले क्रिएटरहरूले परम्परागत प्लाटफर्म मोनिटाइजेसनभन्दा माथि उठेर ब्रान्ड सहकार्यमार्फत नियमित आम्दानी गर्न सक्नेछन् । 

सुझावित समाचार