कबड्डीको पहिलो खेलमै नेपाल पराजित

सोमबार, ५ असोज, २०८३
डिजिटल संस्करण

नेपाल कबड्डी पुरुष टिम २०औँ एसियाली खेलकुदको पहिलो खेलमै पराजित भएको छ । सोमबार नागोयाको टोकाई सिटिजन जिम्नासिउममा भएको समूह ‘बी’को खेलमा नेपाल थाइल्यान्डसँग ५९–४८ ले पराजित भयो । 

पहिलो हाफमा नेपालले २४ अंक जोड्दा थाइल्यान्डले चार अंकअर्थात २८ जोेडेको थियो । दोस्रो हाफमा पनि थाइल्यान्डले दबदबा कायम गर्दै ३१–२४ को जित निकालेको हो ।
 

See More On

सुझावित समाचार