२०औँ एसियाली खेलकुद आइची–नागोया २०२६ खेल्ने नेपाली क्रिकेट टोलीको टुंगो लागेको छ। नेपाल ओलम्पिक कमिटीले आइतबार १५ खेलाडी सम्मिलित टोली सार्वजनिक गरेको हो। प्रशिक्षक, मेडिकललगायत गरी नेपाली टोलीमा २० जना समावेश छन्।
टोलीमा खेलाडीहरू दीपेन्द्रसिंह ऐरी, लोकेश बम, कुशल भुर्तेल, गुल्सनकुमार झा, सन्दीप जोरा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, शेर मल्ल, कुशल मल्ल, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, मोहम्मद आरिफ शेख, मोहम्मद आसिफ शेख र नन्दन यादव छन्।
टोलीको मुख्य प्रशिक्षकमा स्टुअर्ट ल, टिम लिडर विनोदकुमार दास, मेडिकल पर्सनल लोकेन्द्र कुँवर, प्रशिक्षक अब्दुल सत्तार र रमण सिवाकोटी प्राविधिक तोकिएका छन्।
प्रतियोगिता जापानको राजधानी नागोया र आइचीमा असोज ३ देखि १८ गतेसम्म हुँदै छ। प्रतियोगितामा नेपालबाट २२ खेलका ५७ महिला र ७८ पुरुष गरी कुल १३५ खेलाडी, २९ प्रशिक्षक र १७ व्यवस्थापक तथा २ खेल प्राविधिक गरी जम्मा १८४ जना सहभागी हुनेछन्।