पोखरा फाइनान्स लिमिटेडका ग्राहकले बुढानीलकण्ठस्थित काष्ठ परिस्कर प्रालिबाट फर्निचर खरिद गर्दा १५ प्रतिशत छुट पाउने भएका छन्। पोखरा फाइनान्स र काष्ठ परिस्करबिच ग्राहक सुविधा विस्तारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सम्झौताअनुसार पोखरा फाइनान्सका खातावालाले काष्ठ परिस्करबाट फर्निचर खरिद गरी पोखरा फाइनान्सको मोबाइल बैंकिङ वा डेबिट कार्डमार्फत बिल भुक्तानी गर्दा खरिद रकममा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
ग्राहकलाई थप सुविधा तथा लाभ उपलब्ध गराउने उद्देश्यले गरिएको उक्त सहकार्यबाट पोखरा फाइनान्सका खातावालाहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास फाइनान्सले व्यक्त गरेको छ।