सगरमाथामाथि कर्णालीको कठिन जित

एनभिएलमा अपराजित यात्रा राख्ने क्रममा कर्णालीले सगरमाथालाई ३–२ को सेटमा निराश पा¥यो

मंगलबार, २३ भदौ, २०८३
डिजिटल संस्करण

कर्णाली शिवराजले पुरुषतर्फको पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)मा लगातार तेस्रो जित निकालेको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सोमबार कर्णालीले सगरमाथा स्म्यासर्सलाई ३–२ को कठिन सेटमा हराउँदै अपराजित यात्रा कायम राखेको हो । सगरमाथालाई पाँच सेटमा हराएको कर्णालीले लिगको उपाधिमाथि बलियो दाबेदारी दिएको छ । 

कर्णालीले सगरमाथालाई १६–२५, २५–२३, २३–२५, २५–१० र ९–१५ को रोमाञ्चक सेटमा हराएको हो । उत्कृष्ट फर्ममा रहेको कर्णालीले सगरमाथालाई पहिलो सेटमा दबाबमा राखेको थियो । सगरमाथालाई मौका नदिई कर्णालीले पहिलो सेट २५–१६ ले जित्यो । सगरमाथाले दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गरेको थियो । अन्तिम अंकसँग प्रतिस्पर्धात्मक रहेको दोस्रो सेटमा सगरमाथा २५–२३ ले विजयी भयो । त्यसपछि तेस्रो सेटमा पनि दुई टोलीबिच चर्को भिडन्त भयो । 

लगभग बराबरी अवस्थामा रहेको सेटमा कर्णालीले विपक्षीको गल्तीमा २५–२३ ले अंक खोस्यो । कर्णाली तेस्रो सेटको समाप्तिसम्म २–१ ले अगाडि बढ्यो । खेलमा टिकिरहन सगरमाथालाई चौथो सेट जित्नुपर्ने थियो । यस सेटमा संगठित रूपमा प्रतिस्पर्धा गरेको सगरमाथाले २५–१० को एकपक्षीय स्कोरमा बाजी मा¥यो । रोमाञ्चक खेलमा दुवै टोलीले चौथो सेट सकिँदासम्म २–२ को बराबरी गरे । पाँचौँ तथा निर्णायक सेटमा कर्णालीले कुनै गल्ती गरेन । सगरमाथाले एक पछि अर्को गल्ती गर्दा कर्णालीले सहजै १५–९ ले खेल जित्यो । 

मधेश उपाधि दौडबाट बाहिरियो
लगातार तेस्रो हारपछि फ्रेन्चाइज टोली मधेश वारियर्स एनभिएलको उपाधि दौडबाट बाहिरिएको छ । सोमबारको पहिलो खेलमा तीन भारतीय खेलाडीको साथ राम्रोसँग नपाउँदा मधेश अन्नपूर्ण स्पाइकर किङ्ससँग ३–१ को सेटमा पराजित भयो । मधेशले खेल १६–२५, ३१–२९, २२–२५ र २१–२५ ले गुमायो । राष्ट्रिय टोलीका मिडल ब्लकर रविन नगरकोटे मार्की रहेको मधेशले प्रतियोगिताका लागि तीन भारतीय खेलाडी भिœयाएको थियो । तीनवटै खेलमा विश्वास गरेका भारतीय खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । 

मधेशले अनुभवी भारतीय सेटर उक्रपान्डियन मोहन, साउट साइड हिटर रमन कुमार र  अलराउन्डर जिविन सेबास्टियनलाई अनुबन्ध गरेको थियो । अन्नपूर्णको जितमा मंगोलियन खेलाडी चम्किए । लिगमा दोस्रो जितपछि अन्नपूर्णले उपाधि होड कायमै राखेको छ ।  अघिल्लो दुई खेलको तुलानामा सुधारिएको प्रदर्शन गरे पनि मधेशले हार टार्न सकेन ।

 मधेश पहिलो खेलमा सगरमाथा स्म्यासर्ससँग ३–१ तथा दोस्रो खेलमा काठमाडौं रेड्ससँग ३–२ ले पराजित भएको थियो । अन्नपूर्ण पहिलो खेलमा कर्णाली शिवराजसँग ३–१ को पराजित भएको थियो । दोस्रो खेलमा अन्नपूर्णले काठमाडौं रेड्सलाई ३–० को सेटमा हराउँदै ३ अंक जोडेको हो । 

सुझावित समाचार