कर्णाली प्रदेश सरकारले बाढीपीडितका लागि दुई करोड सहयोग गर्ने

मंगलबार, १६ भदौ, २०८३
डिजिटल संस्करण

कर्णाली प्रदेश सरकारले भोटकोशी बाढीपीडितका लागि दुई करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

कर्णाली प्रदेश सरकारकाे मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको राहत उद्धार, पुनर्स्थापना  तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण एवं विपत् व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकारका तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दुई करोड जम्मा गर्ने निर्णय गरेको हो । 

बैठकले कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा तयार गरिएको ‘शिक्षा क्षेत्र योजना २०८३–२०९२’ स्वीकृत गर्ने निर्णय गरेको छ ।

सुझावित समाचार