सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बजारमा एलपी ग्यासको आपूर्ति सहज हुँदै गएको दाबी गरेका छन्। मन्त्रिपरिषद्का निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको उत्तर दिने क्रममा उनले यस्तो बताएका हुन्।
कतिपय ठाउँमा आवश्यकताभन्दा बढी ग्यास स्टक राखेकाले अभाव भएको उल्लेख गर्दै उनले सम्बन्धित मन्त्रीले अवस्था सहज बनाउन काम गरिरहेको बताए।
‘विभिन्न ठाउँमा ग्यास वितरणको काम भइरहेको छ। कतिपय ठाउँमा चाहिनेभन्दा बढी ग्यास राखेको हुनाले पनि अभाव भएको हो। तर, मन्त्रालयले संवेदनशील भएर यसमा काम गरिरहेको छ,’ उनले भने, ‘सहज हुँदै गइरहेको छ, बिस्तारै पूर्ण रूपमा सहज हुँदै जान्छ।’