सातामा नेप्से परिसूचक ५७.०६ अंकले बढ्यो

आइतबार, १० साउन, २०८३
डिजिटल संस्करण

याे साता नेप्से परिसूचक ५७.०६ अंक अर्थात् २.१३ प्रतिशतले बढेको छ । गत साताको अन्तिम कारोबार दिन शुक्रबार २६७७.५४ रहेको नेप्से परिसूचक यो साता २७३४.६० मा बन्द भएको हो । 

साताका पाँच कारोबार दिनमध्ये चार दिन नेप्से बढ्यो भने एक दिन घट्यो । साताको पहिलो कारोबार दिन सोमबार ४१.७० अंकले बजार बढेर परिसूचक २७१९.२४ कायम भएको थियो ।

त्यस्तै, मंगलबार ७.२५ अंकले बढेर २७२६.४९ मा बन्द भएको बजार बुधबार भने १३.९५ अंकले घटेर परिसूचक २७१२.५४ मा झर्यो । बिहीबार बढेको बजारमा १४.१७ अंकको वृद्धि देखियो । सो दिन नेप्से २७२६.७२ कायम भएको थियो ।

अन्तिम कारोबार दिन शुक्रबार बजार सामान्य अंकले बढ्यो । सो दिन बजार ७.८८ अंकले बढेर बजार २७३४.६० मा बन्द भएको नेप्सेले जनाएको छ । नेप्से बढे पनि यो साता बजार पुँजीकरण भने घटेको छ । 

See More On

सुझावित समाचार