माछापुच्छ्रे बैंकको सिनियर डिसिइओमा अर्याल र डिसिइओमा जमरकटेल

बिहिबार, ७ साउन, २०८३
डिजिटल संस्करण

माछापुच्छ्रे बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिइओ)मा प्रसिद्धराज अर्याल र नायब प्रमुख कार्यकारी अधिकृत (डिसिओ)मा सुभाष जमरकटेल नियुक्त भएका छन् । ४ साउनमा बसेको बैंक सञ्चालन समितिको बैठकले हाल डिसिओ रहेका अर्याललाई सिनियर डिसिओ र नायब महाप्रबन्धक रहेका जमरकटेललाई डिसिओमा बढुवा गरेको हो । 

अर्यालसँग कर्जा, ट्रेजरी तथा करेस्पोन्डेट बैंकिङ, शाखा सञ्चालन र लघुवित्तजस्ता विभिन्न बैंकिङ क्षेत्रमा करिब दुई दशकभन्दा बढीको अनुभव, ज्ञान तथा उत्कृष्ट नेतृत्व दक्षता रहेको छ । उनी यसअघि सिभिल बैंक, सन्राइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा समेत विभिन्न पदमा काम गरिसकेका छन् । उनले काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासन संकायमा स्नातकोत्तर गरेका छन् ।

त्यस्तै, जमरकटेलले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी तथा नेपालको त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र कानुन विषयमा स्नातक तह उत्तीर्ण गरेका छन् । चार्टर्ड एकाउन्टेन्ट तथा वित्तीय व्यवस्थापनमा अनुभवी मानिने उनले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी) थाइल्यान्डबाट बैंकिङ तथा फाइनान्स विषयमा प्रोफेसनल मास्टर्स डिग्रीसमेत हासिल गरेका छन् ।

सुझावित समाचार