स्पेनलाई विश्व च्याम्पियन बनाउने सात नायक

मंगलबार, ५ साउन, २०८३
डिजिटल संस्करण

मेटलाइफ रंगशालामा सोमबार बिहान साबिक विजेता अर्जेन्टिनालाई १–० ले हराउँदै स्पेन दोस्रोपटक फिफा विश्वकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । सन् २०१० पछि स्पेन विश्व च्याम्पियन बनेको हो । स्पेनको जितले अर्जेन्टिना लगातार दोस्रोपटक च्याम्पियन बन्न वञ्चित भएको छ । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा स्पेनलाई ट्रफी दिलाउन उत्कृष्ट प्रदर्शन गरेका सातजना खेलाडी यस्ता छन् ।

१. फेरान टोरेस : अर्जेन्टिनाविरुद्धको फाइनलमा स्पेनका लागि टोरेसले खेलमा निर्णायक गोल गरेका थिए । बार्सिलोनाका खेलाडी टोरेस ६२औँ मिनेटमा मिकेल ओयर्जाबालको स्थानमा मैदान प्रवेश गरेका थिए । खेलको १०६ मिनेटमा उनले निको विलियम्सले हेडिङमा उत्कृष्ट गोल गरेका हुन् । यसअघि पोर्चुगलविरुद्ध मिकेल मेरिनोले विजयी गोल गर्दा टोरेसले असिस्ट गरेका थिए । अघिकांश समय वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका उनले विश्वकपमा ३४९ मिनेट खेलेका छन् ।

२. लामिन यामल : स्पेन च्याम्पियन बन्दाका प्रमुख खेलाडीमध्ये यामल हुन् । १९ वर्षीय यामल विश्वकपभर निकै चर्चामा रहे । उनले विश्वकपमै सर्वाधिक ३० ड्रिबल गरेका थिए । उनले फ्रान्स र अर्जेन्टिनाविरुद्ध सानदार प्रदर्शन गर्न सफल भए । बार्सिलोनाका समेत प्रमुख खेलाडी रहेका यामलले विश्वकपमा एक गोल गरेका थिए । उनले ६९७ मिनेट खेल्दा ८६ प्रतिशत पास एक्युरेसी बनाए । 

३. रोड्री : २३औँ संस्करणको विश्वकपमा रोड्री उत्कृष्ट मिडफिल्डरमा रहेका थिए । गोल्डेन बलसमेत जितेका उनले प्रतियोगितामा सर्वाधिक ८०३ पास मिलाए । म्यानचेस्टर सिटीका रोड्रीको एक्युरेसी ९४ प्रतिशत रह्यो । उनी फाइनलमा अर्जेन्टिनाका लियोनल मेसी, सेमिफाइनलमा केलिएन एम्बाप्पे र माइकल ओलिसे तथा औसमाने डेम्बेलेलाई गोल गर्न रोक्न सफल रहे ।

४. मिकेल ओयर्जाबाल : लामिन यामल, निको विलियमजस्ता खेलाडी रहँदा मिकेलले अट्याकमा उत्तिकै सानदार प्रदर्शन गर्न सफल भए । उनले पाँच गोल गर्दा एक असिस्ट गरे । उनी विश्वकपमा स्पेनका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले कुल ६६४ मिनेट मैदानमा बिताउँदा साउदी अरेबिया र अस्ट्रियाले समान दुई गोल गरे । उनले सेमिफाइनलमा फ्रान्सविरुद्ध एक गोल आफ्नो नाममा राखे ।

५. पाउ क्युबार्सी : स्पेनले दोस्रोपटक विश्वकप जित्दा क्युबार्सी प्रतियोगिताकै प्रतिभावान् खेलाडी बनेका छन् । डिफेन्डर भूमिका जबर्जस्त प्रदर्शन गरेका उनले आठै खेल खेल्दा ८५७ मिनेट मैदानमा बिताए । क्युबार्सीले ९७ प्रतिशत एक्युरेसीसहित ६९० पास निकाल्न सफल भए । १९ वर्षीय क्युबार्सीले पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो, फ्रान्सका कप्तान एम्बाप्पे र अर्जेन्टिनाका कप्तान मेसीलाई चल्नै दिएनन् ।

६. उनाई सिमोन : स्पेनलाई उपाधि जिताउँदा गोलरक्षक सिमोनले फाइनलमा सानदार प्रदर्शन गरेका थिए । उनले आठमध्ये सात खेलमा क्लिन सिट राख्न सफल भए । उनले सेमिफाइनल र फाइनलमा गोल व्यहोरेनन् । यसै प्रदर्शनका कारण उनले विश्वकपकै गोल्डेन ग्लोभ्स अवार्ड जित्न सफल भए । सिमोनले विश्वकपमा पूरा ८५७ मिनेट खेले । प्रतियोगितामा उनले १४ गोल अवसर विफल पारेका थिए ।

७. निको विलियम्स : अर्जेन्टिनाविरुद्ध फाइनलमा जित निकाल्दा विलियम्सको महत्वपूर्ण योगदान रह्यो । घाइते हुँदा उनले प्रतियोगितामा १५९ मिनेट मैदान बिताए । स्ट्राइकर फेरान टोरेसले विश्व च्याम्पियन गोल गर्दा विलियम्सले सटिक पास मिलाएका थिए । युरो २०२४ देखि नै विलियम्स स्पेनको मुख्य खेलाडी बन्दै आएका छन् । 

सुझावित समाचार