ग्रिन हाइड्रोजन कस्तो इन्धन हो ?
सजिलोसँग बुझ्ने भाषामा भन्दा यो नवीकरणीय ऊर्जाबाट बनेको इन्धन हो । सौर्य ऊर्जा, पानी र हावाबाट निस्केको बिजुली र शुद्ध पानीबाट निकालिने इन्धन नै ग्रिन हाइड्रोजन हो । पेट्रोल, डिजेल, कोइलालगायत जीवाश्म इन्धनको विकल्पमा यो इन्धन प्रयोग हुन सक्छ । यसको उपयोगबाट युरिया उत्पादन पनि हुन सक्छ । यसले आन्तरिक रूपमा खपत हुने सम्पूर्ण आयातीत जीवाश्म इन्धनलाई विस्थापन गर्न सक्छ ।
यससम्बन्धी कानुन बनाउँदै गरेको सरकारले कस्ता पक्षमा ध्यान पुर्याउनुपर्ला ?
यससम्बन्धी कानुन जरुरी छ । तर, सूचना निकालेर यससम्बन्धी कानुन निर्माणका लागि सुझाव माग्दा सही सुझाव दिन सक्ने जनशक्ति हामीकहाँ कति छ भन्ने पनि ख्याल गर्नुपर्छ । त्यसैले, यसरी खुला रूपमा सुझाव माग्नुभन्दा पनि देशमा उपलब्ध ग्रिन हाइड्रोजन इनर्जीसम्बन्धी विज्ञलाई समेटेर एउटा समूह गठन गरी सुझाव संकलन गर्नु ठिक हुन्थ्यो कि ? तैपनि, कानुन बनाउँदै गर्दा त्यसमा ग्रिन हाइड्रोजन उत्पादन, भण्डारण र सुरक्षालगायत मापदण्ड र नियमनको प्रस्ट व्यवस्था गरिनुपर्छ ।
नेपालमा ग्रिन हाइड्रोजन इन्धनको सम्भावना कति छ ?
हामीकहाँ झन्डै तीन सय ५० अर्बको जीवाश्म इन्धनको आन्तरिक खपत हुन्छ । पेट्रोललाई इभीमार्फत ब्याट्रीले विस्थापन गरे पनि झन्डै दुई सय अर्ब हाराहारीको डिजेललाई ग्रिन हाइड्रोजनले पूर्णतः विस्थापन गर्न सक्छ । यसका अतिरिक्त झन्डै एक सय अर्ब हाराहारीको कोइलालाई पनि यसले विस्थापन गर्न सक्छ । यसको उपयोग आन्तरिक बजारमा मात्र होइन, छिमेकी मुलुकमा निर्यातसमेत गर्न सकिन्छ । यसबाट नेपालको नेट जिरो कार्बनको लक्ष्य पूरा हुनुका साथै मित्रराष्ट्रहरूको पनि नेट जिरो कार्बनको लक्ष्य पूरा गरी ठुलो राष्ट्रिय आयआर्जनसमेत गर्न सकिन्छ ।
काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा. विराजसिंह थापालाई ३ प्रश्न
संविधानविद् भीमार्जुन आचार्यलाई ३ प्रश्न
२ हप्ता अघि
राजनीतिक विश्लेषक माधव न्यौपानेलाई ३ प्रश्न
३ हप्ता अघि
राजनीतिक विश्लेषक दीपेश घिमिरेलाई ३ प्रश्न
३ हप्ता अघि
सुझावित समाचार
पूर्वन्यायाधीश बलराम केसीलाई ३ प्रश्न
बार–बेन्चको संवैधानिक इजलास गठन र न्यायाधीश नियुक्तिलाई लिएर जुन विवाद देखिएको छ, यो सही हो त ? यसलाई सही भ…
जलनको क्षेत्रमा काम गर्दै आएको संस्था बिभिएस नेपालकी कार्यकारी निर्देशक प्रतीक्षा गिरीलाई ३ प्रश्न
नेपालमा जलनका बिरामी र उपचारको अवस्था कस्तो छ ? नेपालमा जलन एक महŒवपूर्ण स्वास्थ्य समस्या हो । घरायसी वातावरण, विशेषगरी…
नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश स्नेहीलाई ३ प्रश्न
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सन्देश के हो ? १५औँ महाधिवेशनको खास मर्म भनेको पार्टीभित्र विगतमा भएका राम्रा, नराम्रा दुव…
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलालाई ३ प्रश्न
यसपालि दसैँलक्षित टिकटको अग्रिम बुकिङ कहिलेदेखि खुला गर्दै हुनुहुन्छ ? यसबारे छलफल गर्न मंगलबार (असोज २० गते) यातायात व्यवस्थ…
राजनीतिक विश्लेषक उपप्रा. दीपेश घिमिरेलाई ३ प्रश्न
कांग्रेस महाधिवेशनको राष्ट्रिय राजनीतिमा के महत्व छ ? नेपाली कांग्रेसको महाधिवेशनलाई एउटा राजनीतिक दलको आन्तरिक न…
वीर अस्पतालको टेलिमेडिसिन सेन्टर प्रमुख डा. प्रकाश बुढाथोकीलाई ३ प्रश्न
टेलिमेडिसिन सेवा भनेको के हो ? टेलिमेडिसिन भनेको टेलिफोन तथा भर्चुअल माध्यमबाट प्रवाह हुने स्वास्थ्य सेवा हो । यसमा टे…