अर्जेन्टिना लगातार विश्वकपको फाइनलमा

बिहिबार, ३१ असार, २०८३
डिजिटल संस्करण

अर्काे उत्कृष्ट पुनरागमन प्रदर्शनमार्फत अर्जेन्टिना फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ। इंल्यान्डलाई २–१ ले पराजित गर्दै उसले लगातार दोस्रोपटक फाइनल यात्रा तय गरेको हो। 

८५ मिनेटसम्म १ गोलले पछि रहेको अर्जेन्टिनाले त्यसपछि उत्कृष्ट प्रदर्शन गर्दैै सात मिनेटमा दुई गोल गरेको हो। खेलमा इंल्यान्डले ५५ मिनेटमा गोल गरेर अग्रता कायम गरे पनि जोगाउन सकेन ।

८५ मिनेटमा इन्जो फर्नान्डेज र इन्जुरी समयमा लौतारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाकाे फाइनल यात्रा पक्का गरेका हुन्। अब आगामी आइतबार स्पेन र अर्जेन्टिनाबिच फाइनल खेल हुनेछ।

अर्जेन्टिना सन् २०२२ को विश्वकपको च्याम्पियन हो। त्यसअघि सन् १९७८ र १९८६ मा गरी तीनपटक उसले विश्वकपको उपाधि जितिसकेको छ। 

सुझावित समाचार